सुदूरपश्चिम


फरार कैदी सोमबार साँझसम्म नफर्किए अब लुकाउने व्यक्तिसमेत अभियुक्तसरह

फरार कैदी सोमबार साँझसम्म नफर्किए अब लुकाउने व्यक्तिसमेत अभियुक्तसरह

फाइल फोटो


नेपालखबर
असोज १९, २०८२ आइतबार १५:११, काठमाडौँ

कारागार कार्यालय, कञ्चनपुरले फरार कैदीबन्दीलाई सोमबार (असोज २० गते) साँझ ५ बजेसम्म कारागारमा फर्किन अल्टिमेटम दिएको छ।

आइतबार सूचना प्रकाशित गरी कारागार कार्यालयले उक्त मितिसम्म फर्कि नआएमा कारागार ऐन, २०७९ र अन्य प्रचलित कानुन अनुसारको कारबाही हुने चेतावनीसमेत दिएको छ।

साथै, फरार कैदीबन्दीहरूलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिहरूलाई समेत कसुरदार ठानी प्रचलित कानून बमोजिम कारबाही हुने कारागार कार्यालयले जनाएको छ। 

फरार रहेका कैदी तथा थुनुवाहरूलाई उक्त समय भित्र उपस्थित गराउन हुन तथा पक्राउ गरी पुनः कारागारमा बुझाइदिन हुन निजहरूको परिवार, समुदाय, नागरिक समाज, पत्रकार, सम्बन्धित सरकारी निकाय, स्थानीय तह अन्तर्गतका कार्यालयहरू, संघ संस्थाहरू तथा सरोकारवाला निकाय व्यक्तिहरू सबैमा अनुरोध पनि गरेको छ।

सूचनामा फरार कैदीबन्दीबारे जानकारी दिएर सहयोग गरिदिन पनि सबैसँग आग्रह गरिएको छ। जानकारी दिनेको पहिचान गोप्य राखिने सूचनामा उल्लेख छ।

गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा ४५७ जना कैदीबन्दीहरू फरार भएका थिए। 

उनीहरूमध्ये कतिपय आफैँ कारागार फर्किएका छन् भने केहीलाई प्रहरीले पक्राउ समेत गरिसकेको छ। । यसअघि भदौ २५ गते जिल्ला प्रशासन कार्यालय, कञ्चनपुर र  कारागार कार्यालयबाट समेत फरार भएका कैदीबन्दीहरू सम्पर्कमा आउन सूचना प्रकाशित गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad