कोशी ब्यारेजमा ५६ वटा गेट खोल्दा पनि पानी पुलमाथि पुगेको छ। योसँगै सडक सञ्चालन हुन सकेको छैन।
भौतिक पूर्वाधार मन्त्रालयका अनुसार अविरल वर्षाका कारण कोशी ब्यारेज सडक खण्ड अहिले पनि बन्द अवस्थामा छ।
नदीको वहाव बढेपछि ब्यारेजका ५६ वटा ढोका खोले पनि पानि पुलमाथि पुगेपछि सडक सुचारु गर्न नसकिएको ऊर्जा, भौतिक पूर्वाधार एवं सहरी विकासमन्त्री कुलमान घिसिङले बताए।
बाढी र पहिरोबारे आयोजित पत्रकार सम्मेलनमा उनले उद्धार, राहतलगायत विपद् प्रतिकार्यबारे जानकारी दिएका हुन्।
उनका अनुसार सप्तकोशीमा पानीको वहाव ४ लाख ८६ हजार ७६० क्युसेक पुगेको छ
228
Shares

प्रतिक्रिया