बिमा कम्पनीहरुले सामाजिक उत्तरदायित्व कोषको पैसा पुनर्निर्माणमा खर्च गर्न पाउने भएका छन्।
सरकारले जेनजी प्रदर्शनबाट क्षतिग्रस्त भएको संरचनाहरु पुनर्निर्माणका लागि छुट्टै कोष सञ्चालन गरेर सहयोग जुटाइरहेको छ।
सोही सन्दर्भलाई सहयोग पुग्ने गरी प्राधिकरणले बीमकको संस्थागत सुुशासन सम्बन्धी (दोस्रो संशोधन) निर्देशिका,२०८२ जारी गर्दै पुनर्निर्माण कोषमा रकम खर्च गर्न पाउने व्यवस्था गरेको हो।
निर्देशिकाको दफा ४५ मा संशोधन गर्दै प्राधिकरणले प्राकृतिक प्रकोप, नागरिक आन्दोलन, जनप्रदर्शन वा अन्य कारणले भएको क्षतिको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहतलगायतका कार्यका लागि नेपाल सरकारले स्थापना गरेको कोषमा दाखिला हुने गरी गरिएको खर्चलाई सामाजिक उत्तरदायित्वअन्तर्गतको खर्चमा देखाउन पाउने व्यवस्था संशोधित निर्देशिकामा गरिएको हो।
कम्पनीहरुले सामाजिक उत्तरायित्वअन्तर्गत नाफाको एक प्रतिशत रकम खर्च गर्नपर्ने व्यवस्था छ। यसअघिको निर्देशिकाले जनप्रदर्शनबाट भएको क्षति पुनर्निर्माणमा गरेको खर्चलाई सीएसआरको खर्चमा देखाउन मिल्ने वा नमिल्ने विषय प्रस्ट पारेको थिएन।
अब भने सरकारको पुनर्निर्माण कोषमा रकम सहयोग गरेर सो रकमलाई बिमकले सीएसआरमा देखाउन पाउने भएका हुन्।
Shares

प्रतिक्रिया