जल तथा मौसम विज्ञान विभागले सर्वसाधारणलाई सचेत रहन अनुरोध गर्दै शनिबारमात्र ५० लाख बाढी पूर्वसूचनासम्बन्धी संक्षिप्त सन्देश (एसएमएस) पठाएको छ।
बाढीको जोखिम भएका स्थानका सर्वसाधारणलाई नेपाल टेलिकम र एनसेलसँगको समन्वयमा सतर्क रहने सन्देश प्रवाह गरिएको विभागका बाढीविद् विनोद पराजुलीले जानकारी दिए।
'शनिबार हामीले ५० लाख एसएमएस पठायौँ। परिणामस्वरूप बाढीको जोखिम भएका क्षेत्रका मानिस सुरक्षित स्थानमा गएर बसेको पाइयो,' उनले भने।
पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन पूर्वतयारी तथा पूर्वसूचनामा पर्याप्त लगानी आवश्यक भएको उनको भनाइ छ।
39
Shares

प्रतिक्रिया