कारोबार


बिलिङ नेटवर्कमा समस्या आउँदा बिहानभर नेपाल टेलिकममा समस्या

बिलिङ नेटवर्कमा समस्या आउँदा बिहानभर नेपाल टेलिकममा समस्या

नेपालखबर
असोज ९, २०८२ बिहिबार १७:१२, काठमाडौँ

आज बिहानभर नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या आएको छ।

नेपाल टेलिकमको बिहीबार बिहान करिब ३ बजेदेखि ९ः३० सम्म मोबाइलमा समस्या आएको हो। यस अवधिमा फोन नलाग्ने, डाटा नचल्ने लगायतको समस्या उपभोक्ताले व्यहोर्नुपरेको थियो।

नेपाल टेलिकमको प्रवक्ता रविन्द्र मानन्धरका अनुसार बिलिङ सर्भरमा समस्या आउँदा नेटवर्कमा समस्या आएको हो।

‘बिहान आंशिक रुपमा नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या आएको थियो। मर्मत सम्भार गरेर सञ्चालनमा ल्याइएको छ’, मानन्धरले नेपालखबरसँग भने।

पुरानो बिलिङ प्रणालीका कारण नेपाल टेलिकमको नेटवर्कमा बारम्भार समस्या आइरहेको छ। यस अघि साउन १२ गते बिलिङ प्रणालीमा समस्या आउँदा चार घण्टा डेटा सेवा अवरुद्ध भएको थियो। 

नेपाल टेलिकमले बुधबार बिलिङ प्रणालीको ठेक्का आर्थिक प्रस्ताव खोल्ने कार्य केही समयका लागि खोलेको छैन। करिब ५ अर्ब रुपैयाँको यस ठेक्काको प्राविधिक मूल्यांकनमा चीनको ह्वावे टेक्नोलोजिज मात्र योग्य भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad