नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका छन्। बिहीबारदेखि सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा उनले लिखित राजनीतिक प्रतिवेदन पेस गर्दै यस्तो प्रस्ताव गरेका हुन्।
प्रचण्डले विशेष महाधिवेशनबारे ७ बुँदे प्रस्ताव गरेका छन्। जसमा विशेष महाधिवेशन गर्न वर्तमान केन्द्रीय समिति विघटन गरी महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्ने उल्लेख गरिएको छ।
अध्यक्षलगायत सबै पदाधिकारीको व्यवस्था तत्कालका लागि स्थगित गर्ने र अध्यक्ष आयोजक समितिको संयोजकको भूमिकामा रहने समेत प्रस्ताव गरिएको छ।
357
Shares

प्रतिक्रिया