आज साँझ मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। बैठकमा अर्थ मन्त्रालयले विभिन्न एजेन्डा लैजाँदै छ।
अर्थ मन्त्रालय स्रोतका अनुसार राष्ट्रिय पुनर्निर्माण कोषबारे बैठकले निर्णय गर्ने सम्भावना छ। त्यसैगरी खर्चमा मितव्ययितासम्बन्धी निर्णय हुनसक्नेछ।
फागुन २१ मा चुनाव गराउने म्यान्डेट पाएकाले त्यसका लागि बजेट र पुनर्निर्माणका लागि खर्चको जोहो गर्नेबारे निर्णय हुन सक्ने अर्थका ती अधिकारीले जानकारी दिए।
1.7k
Shares

प्रतिक्रिया