ad ad

कारोबार


खेल्ने होइन त अनलाइन हाजिरीजवाफ? जित्नुभयो भने पाउनुहुनेछ ३० हजार

खेल्ने होइन त अनलाइन हाजिरीजवाफ? जित्नुभयो भने पाउनुहुनेछ ३० हजार

नेपालखबर
बैशाख ९, २०७७ मंगलबार ११:५०,

ग्लोकल आफ्टर स्कुलले नलेज माएस्ट्रो युवा नेपाल नामक पाँच दिने निःशुल्क अनलाइन हाजिरी जवाफ प्रतियोगिता गर्ने भएको छ।

लकडाउनको समयमा घरमा बसेका युवा वर्गलाई लक्षित गर्दै बौद्धिक विकासको लागि प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

आउँदो १२ गतेदेखि सुरु हुने प्रतियोगिता १६ गते विजेता घोेषणा गर्दै सकिनेछ। प्रतियोगितामा ३ जनाले पुरस्कार समेत पाउनेछन्। पहिलो हुनेले ३० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १० हजार नगद र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ।

ग्लोकल प्रालिका कार्यकारी निर्देशक आशिष ठाकुरले भने, ‘कोरोनाका कारण सबै घरमा रहेको बेलामा दैनिक कार्य प्रभावित भइरहेको अवस्था छ, त्यही भएर समयको सही उपयोग गर्न प्रतियोगिता आयोजना गरेका हौँ।’

यसले आफ्नो बौद्धिक क्षमता विकास मात्र नभएर आफूमा भएको सक्षमता प्रस्तुत गर्ने एउटा मञ्च प्रदान गर्ने उनले बताए।

नलेज माएस्ट्रोको अन्य संस्करण र अन्य अनलाइन गतिविधि पनि ल्याउने उनले बताए।

यो प्रतियोगिता ४ राउन्डको हुनेछ। यसअन्तर्गत पहिलो नकआउट राउन्ड रहेको छ। यसमा १५ देखि २५ वर्षका इच्छुक युवाहरुले यस प्रतियोगितामा सहभागी हुन पाउनेछ । यस राउण्डमा छण् सामान्य ज्ञानका प्रश्नहरु दिइनेछ । यस राउण्डको अन्तमा २४ जना प्रतियोगि छानिनेछन र दोश्रो राउण्ड को लाई अगाडी बढाइने छन् ।

त्यस्तै दोस्रो राउन्ड २ दिनको हुनेछ छानिएका २४ प्रतियोगीहरुले पहिलो दिन व्यापार सम्बन्धि ३० प्रश्नहरुको उत्तर दिनु पर्नेछ भने दोश्रो दिन बिज्ञान र प्रबिधिको ३०प्रश्नहरुको सामना गर्नु पर्नेछ । यस राउण्डको अन्त्यमा १६ जना सहभागी छानिनेछन ।

तेस्रो राउन्ड सेमिफाइनलको हुनेछ। यस राउण्डमा १६ प्रतियोगी ले ध्यचमि बाबष्चक र साहित्य सम्बन्धित २० प्रश्नहरुको उत्तर दिनुपर्नेछ र अन्त्यमा उत्कृस्ट ८ प्रतियोगी छानिनेछन ।

र फाइनल राउन्डमा प्रतियोगीले यस राउण्डमा ऋगचचभलत बाबष्चक र राजनिक विषयका २० प्रश्नहरुको सामना गर्नु पर्नेछन । सबै अंकको मुल्यांकन गरी ३ बिजेताहरुको घोषणा गरिनेछ र सोहि विजेताहरुलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने छ ।

नबिल बैंक र इसेवाको सहकार्यमा ग्लोकल आफ्टर स्कुलले यो प्रतियोगिता आयोजना गरेको हो। यसको आवेदन खुलिसकेको छ। इच्छुक प्रतियोगीले (यहाँ क्लिक गर्नुहोस्) सहभागिता जनाउन सक्नेछन्।

आवेदनको अन्तिम म्याद १२ गते बिहान १० बजेसम्म हुने जनाइएको छ।

प्रतियोगिताका केही मापदण्ड पनि छन्। जसअन्तर्गत प्रतियोगित १५ देखि २५ वर्षको हुनुपर्ने, सबै प्रतियोगीसँग ल्यापटप र मोबाइल हुनुपर्ने, इन्टरनेटको राम्रो सुविधा हुनुपर्ने र इन्टरनेट गएको खण्डमा आयोजक जिम्मेवार नहुने तथा आफ्नो जन्ममिति खुलेको परिचयपत्र दिएपछि मात्रै विजेताले नगद पुरस्कार पाउने प्रावधान राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .