कारोबार


२६ वटा सामाजिक सञ्जाल मात्र नेपालमा निष्क्रिय हुने, यस्तो छ प्राधिकरणको पत्र

२६ वटा सामाजिक सञ्जाल मात्र नेपालमा निष्क्रिय हुने, यस्तो छ प्राधिकरणको पत्र

नेपालखबर
भदौ १९, २०८२ बिहिबार १८:९, काठमाडौँ

नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा २६ वटा सामाजिक सञ्जाललाई मात्र निष्क्रिय बनाउने भएको छ। 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचीकृत भएका ५ र दर्ता प्रक्रियामा रहेका २ बाहेक सबै सामाजिक सञ्जाल नेपालमा निष्क्रिय हुने निर्णय गरे पनि प्राधिकरणले २६ वटालाई मात्र निष्क्रिय पार्ने भएको हो। 

मन्त्रालयको निर्णयपछि मोबाइल तथा इन्टरनेट (इमेलसहित) सबै सेवा प्रदायकलाई प्राधिकरणले बिहीबार नै पत्राचार गरी निष्क्रिय पार्न निर्देशन दिएको छ। 

२६ सामाजिक सञ्जालहरुमा फेसबुक, फेसबुक मेसेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, ट्विटर (एक्स), लिंक्डइन, स्न्यापच्याट, रेडिट, डिस्कार्ड, पिन्टरेस्ट, सिग्नल, थ्रेड्स, विच्याट, क्योरा, टम्बलर, क्लबहाउस, म्यास्टोडन, रम्बल, मिवि, भीके, लाइन, इमो, जालो, सोल र हाम्रो पात्रो छन्।

यद्यपि नेपालमा प्राधिकरणले तोकेभन्दा धेरै संख्यामा सामाजिक सञ्जाल एपहरु प्रयोग भइरहेका छन्।  

सर्वोच्च अदालतले दिएको आदेशमा टेकेर सरकारले गत ९ गते कम्पनीहरुलाई मन्त्रालयमा सूचीकरण हुन ७ दिन समय दिएको थियो। तर कुनै पनि सूचीकरणमा नआएपछि बिहीबार यस्तो निर्णय गरिएको हो। 

यस्तो छ पत्र

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad