वन्डर्स इनर्जी प्रालिले निर्माण गर्न लागेको ९ मेगावाटको खिम्ती(घ्वाङ् साना जलविद्युत् आयोजना र एनएमबी बैंकबीच १ अर्ब २४ करोड ऋण लगानी गर्ने सम्झौता भएको छ।
मंगलबार भएको सम्झौतामा एनएमबी बैंकका सस्टेनेबल इनर्जी बैंकिङ्ग विभाग प्रमुख दिनेश दुलाल र कम्पनीका प्रबन्धसञ्चालक प्रकाश चन्द्र दुलालले हस्ताक्षर गरेका हुन् ।
कम्पनीले दोलखा जिल्लाको जिरी न.पा. वडा नं. १ र रामेछाप जिल्लाको गोकुलगंगा गा.पा. वडा नं. १ को मिा भएर बहने खिम्ती (घ्वाङ् खोलामा निर्माण गरिरहेको खिम्ती( ध्वाँङ् जलविद्युत आयोजना २०८४ साल चैतमा सम्पन्न गर्नेगरि कार्य भैरहेको जनाएको छ।
आयोजनाको लागि आवस्यक सरकारी जग्गा प्राप्ति र रुख कटानको अनुमति वैशाख १५ गते मन्त्रिपरिषद्बाट निर्णय भएको र आयोजनाको लागि आवश्यक सम्पूर्ण जग्गा खरिद, कन्स्ट्रक्सन पावर जडान, पहँचमार्ग निर्माण, गोदाम घर, आवास गृह आदिको निर्माण सम्पन्न भएको छ र सिभिल, हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानीकल निर्माण ठेक्का सम्झौता सम्पन्न भई अहिलेसम्म करिब ३० प्रतिशत काम सम्पन्न भएको कम्पनीले जनाएको छ।
आयोजना निर्माणका लागि लाग्ने १ अर्ब ८० करोडमध्ये १ अर्ब २४ करोड ऋण लगानीको लागि एनएमबी बैंकसँग आज समझदारी भएको हो भने बाँकी ५६ करोडमध्ये ३५ करोड जुटिसकेको र ३० करोड असोजभित्र जुटाउने गरी काम भइरहेको कम्पनीका प्रबन्धसञ्चालक दुलालले बताए।
उनका अनुसार गौरी शंकर संरक्षण क्षेत्रभित्र निर्माण हुने यो आयोजना नेपाल हाल बनिरहेका जलविद्युत् आयोजनामध्ये हाइड्रो सेलेक्ट टुल्स फलो गरेर सामाजिक तथा वातवरणीय हिसाबले अन्तरा मापदण्ड पूरा गरेर निर्माण गरिने पहिलो आयोजना समेत हुनेछ।
Shares

प्रतिक्रिया