सेयरबजारमा आज करिब साढे ४ अर्बको किनबेच भएको छ। १ करोड कित्ता खरिदबिक्रीपछि ४ अर्ब ४२ करोडको कारोबार भएको हो।
यस दिन नेप्से भने ४.६४ अंकले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। योसँगै बजार २६९६.६७ विन्दुमा झरेको छ। मंगलबार ९८ वटा सेयरको मूल्य बढ्दा १६६ वटाको घटेको छ भने १३ वटाको स्थिर छ।
आजको कारोबारमा एभरेस्ट कलर लिमिटेडको १५ प्रतिशतले बढे पनि बाँकी सेयरहरु ९.१० प्रतिशतसम्म मात्र उकालो लागेका छन्। त्यस्तै ६.०७ प्रतिशतसम्म अधिकतम गिरावट देखिएको छ।
यस दिन २७ करोडसम्मको उच्च कारोबार भएको छ।
24
Shares

प्रतिक्रिया