गएका पाँचदिनदेखि उच्च मूल्यको नयाँनयाँ कीर्तिमान बनाउँदै आएको सुनको मूल्य आज भने स्थिर छ।
सुनको मूल्य आज तोलाको दुईलाख सात हजार नौसय रुपैयाँमै स्थिर रहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ।
हिजो तोलामा दुई हजार रुपैयाँ बढेर सुनको मूल्य दुई लाख सात हजार नौसय रुपैयाँ कायम भएको थियो। यो सुनको हालसम्मकै उच्च मूल्य हो।
गएको शुक्रबारदेखि बुधबारसम्म सुनले लगातार उच्च मूल्यको नयाँनयाँ रेकर्ड बनाएको थियो।
आज चाँदीको मूल्य पनि अहिलेसम्मकै उच्च मूल्यमा स्थिर छ। चाँदीको मूल्य आज तोलामा दुई हजार चारसय ८० रुपैयाँमा स्थिर रहेको महासंघले जनाएको छ।
957
Shares

प्रतिक्रिया