कारोबार


जिहो स्कुटरको फेस्टिभ अफर

नगद छुट र बम्परमा एक जनालाई बाली भ्रमणको अवसर
जिहो स्कुटरको फेस्टिभ अफर

नेपालखबर
भदौ १९, २०८२ बिहिबार ११:५५, काठमाडौँ

सीएफमोटो र जिहो स्कुटरको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले आफ्नो प्रिमियम टु–ह्विलर ईभी जीहो गरिद गर्ने ग्राहकका लागि फेस्टिभ अफर ल्याएको छ।

‘दशैँ तिहार जिहो जिन्दगीको वहार’ नामक उक्त अफरअन्तर्गत कम्पनीले जिहो एई६ प्लस, एई४ र एई८ मोडलको नगद खरिदमा ३० हजार नगद छुट दिने जनाएको छ। 

त्यसैगरी, एक्सचेन्जमार्फत खरिद गर्दा २५ हजार थप मूल्यांकन पाइनेछ भने फाइनान्स सुविधामा खरिद गर्दा शून्य प्रतिशत ब्याजदरको लाभ उठाउन सकिनेछ। साथै बम्पर उपहारमा एकजना भाग्यशाली विजेताले बाली भ्रमणको अवसर पाउने जनाइएको छ।

प्रिमियम ईभी ब्रान्डका रुपमा परिचित जीहो स्कुटरमा मोडल अनुसार फरकफरक विशेषता रहेका छन्। जसअनुसार, एई६ प्लस मोडल अर्बान राइड कन्सेप्टमा आधारित स्कुटर हो भने एई४ फेमिली कन्सेप्टमा आधारित मोडल हो।

द्रुत गतिमा हाक्न सकिने एई४ को पिक पावर १२ हजार ५०० वाट छ भने यसमा ४.४ किलोवाट आवरको लिथियम आयन ब्याट्री जडान गरिएको छ। यस स्कुटरमा लिक्विड कुल्ड मोटर, जिहो राइड एप, क्रुज कन्ट्रोल, रिभर्स गियर, स्लोप हिल असिस्ट र एन्टि थेप्टको साथै ब्रेम्बो ब्रेकिङ सिस्टम जडान गरिएको छ, जसले शानदार राइडको साथै सुरक्षित यात्राको अनुभूति दिलाउने कम्पनीको भनाइ छ।

जिहो ब्रान्डका स्कुटरको बिक्री र बिक्रीपछिको सेवालाई सहज बनाउन ऋषि ट्रेड सेन्टरले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा शोरुम र सर्भिस सेन्टर विस्तार गरेको छ। कम्पनीले हाल, नक्साल, झम्सिखेल र सल्लाघारीमा शोरुम सञ्चलान गरिरहेको छ भने कालोपुल र सल्लाघारीमा सर्भिस सेन्टर स्थापना गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad