कारोबार


नाकामा विषादी परीक्षणः प्रयोगशाला नहुँदा निर्णयबाट पछि हटेको मन्त्रीको स्पष्टीकरण

नाकामा विषादी परीक्षणः प्रयोगशाला नहुँदा निर्णयबाट पछि हटेको मन्त्रीको स्पष्टीकरण

नेपालखबर
असार २३, २०७६ सोमबार ६:३५,

 उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विदेशबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी प्रयोगको परीक्षण सीमा नाकामा गर्ने भनिएकामा क्षमता अभावका कारण केही समयका लागि पूर्ववत् अवस्थामै रहने निर्णय भएको बताएका छन्।

राष्ट्रियसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित उठेका प्रश्नको जवाफ दिँदै उहाँले केन्द्रीय खाद्य प्रविधि तथा गुणस्तर विभागमा मात्र परीक्षण गर्ने प्रभावकारी प्रयोगशाला रहेको र कृषि मन्त्रालयअन्तर्गत त्यससम्बन्धी प्रविधि कमजोर रहेका कारण पूर्ववत् अवस्थामा फर्किनुपरेको जानकारी दिए।

मन्त्री यादवले सरकारले उद्योगको विकास गर्ने, उत्पादन बढाउने र आयात घटाउने नीति बनाएर काम गरिहेको बताउँदै उनले भने, ‘सरकारमाथि निजीकरण गरी उद्योग बेचेर खान थाल्यो भन्ने आरोप छ, त्यसो होइन, उद्योग खोल्न भनी सरकारले उपलब्ध गराएको जमीन दुरुपयोग हुन नदिनेतर्फ सचेत र चनाखो छ।’

विदेशबाट कच्चा पदार्थ ल्याउँदा भन्सार छुट दिने वा नदिने भन्ने विषयमा दुई खाले सुझाव आए पनि सरकारले मुलुकको हितलाई ध्यानमा राखेर काम गर्ने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad