कारोबार


डिजेल-मट्टितेलको मूल्य घट्यो

डिजेल-मट्टितेलको मूल्य घट्यो

नेपालखबर
भदौ १५, २०८२ आइतबार २०:४३, काठमाडौँ

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ।

निगमले आइतबार साँझ विज्ञप्ति प्रकाशित गरी डिजेल र मटिट्तेलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य घटेको जनाएको छ। पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ।

यस्तै, हवाई इन्धनमा आन्तरिकतर्फ १ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि ७ अमेरिकी डलर घटेको छ।

इन्डियन आयल कर्पोरेसनले मूल्य समायोजन गरेर पठाएको भन्दै निगमले खुद्रा मूल्यमा हेरफेर गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad