खेल


जितविहीन टुङ्गियो एपीएफको एएफसी च्याम्पियन्स लिग यात्रा

जितविहीन टुङ्गियो एपीएफको एएफसी च्याम्पियन्स लिग यात्रा

नेपालखबर
भदौ १५, २०८२ आइतबार २०:५२, काठमाडौँ

एएफसी महिला च्याम्पियन्स लिग अन्तर्गत प्रारम्भिक चरणको अन्तिम खेलमा साउदी अरेबियाको अल नसारसँग फराकिलो हार व्यहोर्दै एपीएफ टोलीले उज्वेकिस्तान भ्रमण सकाएको छ। 

उज्वेकिस्तानमा आइतबार भएको समूह चरणको आफ्नो अन्तिम खेलमा अल नसारसँग ६–१ फराकिलो गोल अन्तरले पराजित भएको हो। 

समूह बी मा रहेको एपीएफले प्रारम्भिक चरणमा १३ गोल खाँदा एक गोल मात्र फर्काउन सक्यो। 

समूह चरणको पहिलो खेलमा एपीएफ घरेलु टोली पिएफसी नसाफसँग ३–० ले पराजित भएको थियो। 

दोस्रो खेलमा भने थाइल्यान्डको कलेज अफ एसियन स्कलर्ससँग ४–० को फराकिलो अन्तरले हार व्यहोरेको थियो। 

छनोटका लागि एपीएफले नेपाल पुलिस क्लबबाट समिक्षा घिमिरे र त्रिभुवन आर्मी फुटबल क्लबबाट विमला विकलाई टोलीमा भित्राएको थियो। 

टोलीका मुख्य प्रशिक्षक चेतन घिमिरेले यो आफूहरूका लागि ठूलो अवसर भएको बताए। 

एपीएफले महिला लिग च्याम्पियनको हैसियतले लगातार दोस्रो पटक च्याम्पियन्स लिगको प्रारम्भिक चरण खेलेको हो। 

एपीएफले लगातार तिन खेलमा हार व्यहोर्दै अंक तालिकाको पुछारमा रहेर समूह चरणबाटै बाहिरिएको छ। 

अल नसारले भने पहिलो जित निकाल्दै च्याम्पियन्स लिगमा प्रारम्भिक चरणको सुखद अन्त्य गरेको छ। 

यो समूहबाट थाइल्यान्डको कलेज अफ एसियस स्कलर्स र उज्वेकिस्तानको पिएफसी नसाफ बीचको खेलको विजेताले अघिल्लो चरणमा स्थान बनाउनेछ। 

समूह चरणमा अपराजित रहेर समान ६ अंक भएको थाइल्यान्डको टोली गोलअन्तरमा अघि रहँदै शीर्ष र उज्वेकिस्तानका क्लब दोस्रो स्थानमा छन्। 

यी दुई टोलीबीचको खेल आजै राति हुनेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad