कारोबार


२६ एप र झण्डै साढे २ लाख वेबसाइट सरकारले बन्द गरायो

२६ एप र झण्डै साढे २ लाख वेबसाइट सरकारले बन्द गरायो

नेपालखबर
असार १८, २०८३ बिहिबार १४:८, काठमाडौँ

सरकारले अवैध सट्टेबाजी सञ्चालन गरिरहेका २६ एप र झण्डै साढे २ लाख बेटिङ साइट बन्द गरेको छ। 

सूचना तथा सञ्चार मन्त्रालयले नियामक नेपाल दूरसञ्चार प्राधिकरणमार्फत २६ मोबाइल एप र झण्डै साढे २ लाख बेटिङ साइट विभिन्न सेवा प्रदायकहरूमार्फत बन्द गराएको हो। 

सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकहरूलाई नेपालभित्र सञ्चालनमा रहेका अवैध अनलाइन बेटिङ, ग्याम्बलिङ र सट्टेबाजी वेबसाइट तथा एपहरू बन्द गर्न चैत १५ गते सञ्चार मन्त्रालयले दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको थियो। सोही अनुसार प्राधिकरणले विभिन्न सेवा प्रदायकहरूमार्फत् हालसम्म २६ मोबाइल एप तथा बेटिङ वेबसाइट बन्द गराएको छ। 

जसअन्तर्गत इन्टरनेट सेवा प्रदायक वेबसर्फरले अवैध सट्टेबाजी सञ्चालन गरिरहेका ३५ हजार ४५४ वेबसाइट ब्लक गराएको छ। त्यसपछि डिसहोमले २५ हजार ५३८, क्लासिटेकले २५ हजार ५१६, सजिलो नेटले २४ हजार ९३६ वेबसाइट बन्द गराएको छ। 

त्यसैगरी, मोबाइल सेवा प्रदायकसमेत रहेको एनसेलले २२ हजार २२६ वेबसाइटको डोमेन ब्लक गरेको छ। वर्ल्डलिंकले २२ हजार ६३, नेपाल टेलिकमले २१ हजार ७४३, टेकमाइन्ड्सले २१ हजार ७६८, सुबिसुले २१ हजार ७०५ साइट बन्द गराएको छ। 

यस्तै, इन्टरनेट सेवा प्रदायक सिजी नेटले १७ हजार ७०६, इस्टलिंकले १४ हजार ३०४, भायानेटले १० हजार ४४६ र पोखरा नेटले ७ हजार ३३४ बेटिङ साइट बन्द गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad