सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनामा विज्ञ तथा सांसदहरुले गलत ठेकेदारले ठेक्का पाउँदा समस्या देखिएको बताएका छन्।
संघीय प्रतिनिधिसभाको पूर्वाधार विकास समितिअन्तर्गत गठित सु्नकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना अध्ययन उपसमितिको शुक्रबार बसेको बैठकमा विज्ञ तथा सांसदहरुले गलत ठेकेदार परेको बताएका हुन्।
उपसमितिले पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीहरुसँग छलफल गरेको हो।
र्बैठकमा बोल्दै पूर्वऊर्जामन्त्री जनार्दन शर्माले आयोजना चाँडो सम्पन्न गर्नसके फाइदा पुग्ने बताए। दोस्रो चरणको ठेक्कामा पटेल–रमण जेभीले कामै गर्न नसकेको अवस्थामा आयोजनाले ठेक्का तोड्ने तयारी समेत गरिरहेको छ।
तर ठेक्का तोड्दा ठेकेदार कम्पनी अदालतमा जाने र आयोजना लामो समय अन्योलमा फस्नसक्ने शर्माको चिन्ता छ।
उनले भने, ‘समितिले संयुक्त बैठक बसेर यसको हल गर्नुपर्छ। सुरुङ निर्माण सकिइसकेको अवस्थामा उक्त जेभीलाई बोलाएर कालोसूचीको जानकारी दिनुपर्छ।’ तर निर्माण व्यवसायी शक्तिशाली भएकाले अनेक हत्कण्डा अपनाउने चिन्ता व्यक्त गरे।
अर्का पूर्वऊर्जामन्त्री वर्षमान पुनले ठेक्का दिँदा कमजोरी देखिएको बताए। उनले काम गराइको हिसाबले पनि निर्माण व्यवसायीको क्षमता नदेखिएको औँल्याए।
बैठकमा पूर्वसचिव सुरेश प्रधानले पटेल–रमण जेभीले लिएको पेस्की कहाँ खर्च भएको छ इन्जिनियरलाई हेर्न लगाउनुपर्ने उल्लेख गरे।
अब कसरी काममा तीव्रता दिन सकिन्छ, त्यसैगरी छलफल अगाडि बढाउँदा उपयुक्त हुने उनको सुझाव छ।
यो पनि–
-
सुनकोसी-मरिन डाइभर्सन: ठेक्का जोगाउन ऊर्जामन्त्रीले महानिर्देशकपछि हटाए आयोजना प्रमुख
-
सुनकोसी मरिन डाइभर्सन: पटेल–रमण जेभीको बदमासीले साढे ४९ अर्बको आयोजना अनिश्चयमा
-
सुनकोसी–मरिन डाइभर्सनको काम यही गतिले अघि बढ्दा २५ वर्षसम्म पनि सकिँदैनः प्रधानमन्त्री
-
सुनकोसी–मरिन डाइभर्सनबारे अध्ययन गर्न उपसमिति गठन
-
सुनकोसी–मरिण डाइभर्सन आयोजनाको ठेक्का तोडिँदैन : मन्त्री खड्का
Shares

प्रतिक्रिया