समाज


सुनकोसी–मरिण डाइभर्सन आयोजनाको ठेक्का तोडिँदैन : मन्त्री खड्का

सुनकोसी–मरिण डाइभर्सन आयोजनाको ठेक्का तोडिँदैन : मन्त्री खड्का

नेपालखबर
असार २२, २०८२ आइतबार १६:११, काठमाडौँ

राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन आयोजनाको ठेक्का नतोडिने भएको छ।

आइतबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले ३१ महिना काम भइसकेको र २ वर्ष जति समय बाँकी रहेको बताए।

ठेक्का सम्झौता तोड्दा अहिले सरकारलाई नै नोक्शान हुने स्थिति रहेको र एक पटकलाई मौका दिएर हेर्नेगरी सरकार अघि बढेको मन्त्री खड्काले बताए। 

काम नभएको खण्डमा ठेक्का तोड्ने काम सरकारले जहिले पनि गर्नसक्ने भन्दै उनले निमित्त प्रमुखको भरमा आायेजना सञ्चालन भइरहेको भएपनि छिटै सरकारले सहसचिव तहको कर्मचारी पठाउने जानकारी दिए।

फाउन्डेसन तयार भइसकेपछि नदीले बगाएको र पुनः फाउन्डेसन तयार भएको अवस्था रहेको जानकारी दिँदै मन्त्री खड्काले ठेकेदारसँग आर्थिक अभावको समस्या देखिएको उल्लेख गरे।

बाढीको इन्स्योरेन्स पनि नपाएको, भएको पैसा विभिन्न शिर्षकमा खर्च गरेको, पुलहरु बगाउँदा र सामग्री लैजान नसकेको ठेकेदारले गुनासो गरेको  उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad