राजनीति


सुनकोसी–मरिन डाइभर्सनबारे अध्ययन गर्न उपसमिति गठन

सुनकोसी–मरिन डाइभर्सनबारे अध्ययन गर्न उपसमिति गठन

नेपालखबर
साउन २, २०८२ शुक्रबार १५:१४, काठमाडौँ

पूर्वाधार विकास समितिले सुनकोसी–मरिन डाइभर्सनबारे अध्ययन तथा अनुगमन गरी समितिसमक्ष प्रतिवेदन पेश गर्न उपसमिति गठन गरेको छ।

सांसद प्रकाश ज्वालाको संयोजकत्वमा दलीय प्रतिनिधित्व हुनेगरी सात सदस्यीय उपसमिति गठन गरेको हो। समितिका सदस्यहरूमा सीता गुरुङ, ठाकुर गैरे, माधव सापकोटा, बिना लामा, निशा डाँगी, सुशीला श्रेष्ठ रहेका छन्।

समितिले सुनकोसी–मरिन डाइभर्सन आयोजनको कार्यप्रगति सम्बन्धमा आवश्यक स्थलगत अध्ययन, अवलोकन तथा अनुगमन गरी आयोजना कार्यान्वयन गर्न निर्माण व्यवसायी, स्थानीय, इन्जिनियर, कन्सल्ट्यान्ट लगायतका निकाय, सरोकारवालासँग परामर्श गरी दुई महिनाभित्र समिति समक्ष प्रतिवेदन पेस गर्ने पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले जानकारी दिए।

तराई–मधेसका कुल एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गर्नेगरी राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाइएको सुनकोसी–मरिन डाइभर्सनको काम सन्तोषजनक रुपमा अघि नबढेकोमा सांसदहरूले चिन्ता व्यक्त गरेका छन्। 

सुनकोसीको करिब ७६ क्युसेक पानीलाई सुरुङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिण खोलामा खसाल्ने र सिँचाइसहित ३१ मेगावाट विद्युत उत्पादन गरिने उक्त आयोजना २०८४ को असोजसम्म सम्पन्न गर्ने लक्ष्य भएपनि काम राम्रोसँग अघि बढ्न सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad