नेपालका लागि रोयल इनफिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रा.लि. अन्तर्गत नेपालगञ्जको आधिकारिक डिलर वेस्टएन्ड प्रा.लि.ले ‘रोयल इनफिल्ड रोपाइँ महा राइड नेपालगन्ज २०८३’ कार्यक्रम आयोजना गरेको छ।
राष्ट्रिय धान दिवसको पूर्वसन्ध्यामा आयोजित यस विशेष कार्यक्रमले नेपालको कृषि परम्परा, रोपाइँ संस्कार र ग्रामीण जीवनशैलीलाई प्रवर्द्धन गर्दै राइडरहरूलाई अविस्मरणीय अनुभव प्रदान गरेको कम्पनीले जनाएको छ।
रोयल इनफिल्ड नेपालगञ्ज शोरुमबाट सुरु भएको राइड गाभर भ्यालीसम्म पुगेको थियो, जहाँ २०० जना रोयल इनफिल्ड राइडर सहभागी भएका थिए।
कार्यक्रमका प्रमुख अतिथि बाँकेका प्रमुख जिल्ला अधिकारी (सीडीओ) दिल कुमार तामाङ ले नेपालको कृषि संस्कृतिलाई नयाँ पुस्तासम्म पुर्याउने तथा पर्यटन र समुदायलाई जोड्ने यस्ता कार्यक्रमको प्रशंसा गरे।

कार्यक्रममा सहभागीहरूले परम्परागत धान रोपाइँ मा सहभागिता जनाउनुका साथै अक्स फिल्डिङ, मड्डी टग अफ वार, म्युजिकल चेयर प्रतियोगिता, थारु सांस्कृतिक कार्यक्रम तथा गाभर भ्यालीका स्थानीय अर्गानिक परिकारहरूको स्वाद समेत लिएका थिए।
यस कार्यक्रमले साहसिक मोटरसाइकल यात्रालाई नेपालको मौलिक कृषि संस्कृति र स्थानीय जीवनशैलीसँग सुन्दर ढंगले जोडेको थियो।

कार्यक्रमको नेतृत्व रोड क्याप्टेन तथा अल्फा अटोमोटिभका निर्देशक मेघराज पौडेल ले गरेका थिए। उनको नेतृत्वमा सम्पूर्ण राइड तथा कार्यक्रम सुरक्षित, व्यवस्थित र सफलतापूर्वक सम्पन्न भएको थियो।
प्योर मोटरसाइक्लिङको आफ्नो मूल दर्शनअनुसार रोयल इनफिल्डले नेपालभर राइडिङ संस्कृति, समुदायबीचको सम्बन्ध, साहसिक यात्रा तथा स्थानीय संस्कृति प्रवर्द्धन गर्ने विविध कार्यक्रमहरू निरन्तर आयोजना गर्दै आएको छ।

यस्ता पहलमार्फत ब्रान्डले मोटरसाइकल यात्रालाई केवल यात्रा नभई अनुभव, संस्कृति र समुदायसँग जोड्ने अभियानका रूपमा अघि बढाइरहेको छ।
अल्फा अटोमोटिभ प्रा.लि. ले आगामी दिनहरूमा पनि सुरक्षित र जिम्मेवार राइडिङलाई प्रवर्द्धन गर्दै नेपालको प्राकृतिक, सांस्कृतिक तथा पर्यटन सम्भावनालाई उजागर गर्ने यस्ता समुदायमुखी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।




Shares

प्रतिक्रिया