आज सुनचाँदीकै मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एकसय रुपैयाँ बढेको हो। सुनको मूल्य आज प्रतितोला एक लाख ९६ हजार ६ सय रुपैयाँ पुगेको छ।
हिजो प्रतितोला तीन हजार चारसय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख ९६ हजार पाँचसय रुपैयाँ पुगेको थियो।
गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँ बढेर दुईहजार दुईसय ५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
1.3k
Shares

प्रतिक्रिया