कारोबार


राँगाको मासु लैजान २० अर्बको चिनियाँ लगानी स्वीकृत गरेर आएँ, उद्योग विभागमा प्रक्रियागत झन्झट छैन: महानिर्देशक ज्ञवाली

राँगाको मासु लैजान २० अर्बको चिनियाँ लगानी स्वीकृत गरेर आएँ, उद्योग विभागमा प्रक्रियागत झन्झट छैन: महानिर्देशक ज्ञवाली

नेपालखबर
साउन ८, २०८२ बिहिबार १६:५९, काठमाडौँ

उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीले नेपालमा लगानीको वातावरण बन्दै गइरहेको बताएका छन्। नेपाल खबर राइजिङ नेपाल समिट २०२५ को समारोहमा बोल्दै ज्ञवालीले आजमात्रै २० अर्ब चिनियाँ लगानीलाई स्वीकृत गरेर आएको बताउँदै यस्तो भनेका हुन्।  

'सरकारको नीति सबै निकायमा आईटीमा आधारित सेवा गर्ने भन्ने छ। विभागमा पनि आईटीमा आधारित काम सुरु गरेका छौँ। पहिलेदेखि नै हार्डकपी राख्ने चलन छ। आईटी फेल भइदियो भने भन्ने हुन्छ।,' उनले भने, 'उदाहरण दिन्छु- आजै २० अर्बको चिनियाँ लगानी स्वीकृत गरेर आएको छ। राँगाको मासु लैजाने भन्ने छ। नेपालमा अवसर भएरै विदेशी आउँछन्। भारतीय नागरिकहरु समेत होटलमा लगानी भित्र्याउन आइरहेका छन्।'

उनले सरकारी प्रणाली कठिनाइ छ भन्ने कुरा अहिले फेरिएको दाबी गरे। 'सरकारी प्रणालीमा कठिनाइ छ भन्ने त छ। सरकारी निकायमा गाह्रो छ भनेर भाष्य बनाउँदै लगियो। कागजात, कानुनका दफा र प्रक्रिया त हेर्नैपर्छ। केही चाहिँ सहज सिस्टम बनाउँदै छौँ। विदेशी लगानी अहिले पूर्ण स्वचालित प्रक्रियाबाट हुनथालेको छ,' उनले भने, 'गाह्रो छ भनेर मात्र हुँदैन। एकचोटि विभागमा आएर पनि हेर्नुस्।
फाइल बोकेर केही बाहेक अरु सरकारी अड्डा जानुपरेको छैन। सेकेन्ड पर्सन आउँदा केही त्यस्तो भएको होला। नत्र अहिले धेरै सहज प्रणाली आइसकेको छ। एक जनाको काम १० १२ दिन ढिलाो गरिदिनु भनेर रोकिएको रहेछ। उनले वेबसाइटबाट मलाई चिनेर मकहाँ आउनुभयो। सेवा दिनेले के गरिरहेको छ भन्ने पनि आउनेले थाहा पाउनुपर्छ।'

 सहजै विदेशी लगानी स्वीकृत भइरहेको उनको भनाइ छ। '५५ वटा उद्योग आयो भने भनेका थियौँ ७७ वटा आएको छ। लगानी आइरहेको छ। उद्योगीको पक्षबाट जहिले पनि यो भएन भन्नुभएको छ, एक स्टेपमाथि सेवा सुविधा बढोस्, उद्योग बढोस भन्ने छ' उनले भने।   

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad