राजनीति


नेपाली नागरिक पाइला पाइलामा बेचिएका छन् : शर्मा

नेपाली नागरिक पाइला पाइलामा बेचिएका छन् : शर्मा

फाइल तस्बिर


नेपालखबर
साउन ८, २०८२ बिहिबार १७:७, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले बढ्दो मानव बेचबिखनलाई नियन्त्रण गर्न सक्षम कानूनी संरचना आवश्यक रहेको बताएका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद शर्माले प्रविधिको दुरुपयोग गर्दै मानव बेचबिखनलाई सहज बनाउने प्रवृत्ति बढिरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरे। 

‘प्रविधिको दुरुपयोग गरेर आज मानव बेचबिखनलाई सहज बनाउने कुचेष्टा भइरहेको छ,’ शर्माले भने, ‘यसलाई नियन्त्रण कसरी गर्ने मुख्य चुनौती हो। अहिले मुख्यतः दुई किसिमले मानव बेचबिखन भइरहेको छ। एउटा अवैध तरिकाले सीमापार तथा प्रलोभनमा पारेर तथा अनावश्यक आशाहरु देखाएर विदेशमा पठाउने गरिएको छ। भिजिट भिसा प्रकरण यसकै उदाहरण हो।’ 

उनले थपे, ‘अहिले रोजगारीको लागि खाडी मुलुकमा पुगेका महिलाहरु अहिले ठुलो प्रताडना खेपिरहनु भएको छ। यी सबै समस्याको निराकरण गर्ने गरी यो विधेयक ल्याउनुपर्छ। अहिले नेपाली नागरिकहरु पाइला पाइलामा बेचिएका छन्। यस्तो अवस्थालाई सुधार गर्नको लागि हाम्रो कानूनलाई बलियो बनाउन जरुरी छ।’

उनले सरकारले मानवीय सुरक्षा र गरिमाका लागि प्रभावकारी कानून निर्माण गरेर प्रविधियुक्त मानव तस्करी नियन्त्रण गर्न ढिलाइ गर्न नहुने बताए।

 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad