नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्वदेशी पुँजी परिचालन गर्न निजी क्षेत्र लागिपरिरहेको बताएका छन्।
नेपालखबरले आयोजना गरेको राइजिङ नेपाल समिट २०२५ लाई सम्बोधन गर्दै अध्यक्ष ढकालले महासंघको नेतृत्वमा पब्लिक कम्पनी स्थापना गरी काम गरिरहेको बताएका हुन्।
‘महासंघको नेतृत्वमा १० अर्ब रुपैयाँको नेपाल पब्लिक लिमिटेड कम्पनी स्थापना गरी स्वदेशी पुँजी परिचालनलाई पनि जोड दिएका छौँ’, उनले समिटलाई सम्बोधन गर्दै भने, ‘निजी क्षेत्रले सेवा, पूर्वाधार र उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गरेका छौँ। यस्ता प्रयासहरुले निजी क्षेत्रको सम्भावना र प्रतिबद्धतालाई झल्काउँछ।’
भिडिओ हेर्नुहोस्
सबैको साझा प्रयासले लगानीको ढोका खोल्ने उल्लेख गर्दै अध्यक्ष ढकालले यसबाट समृद्धिको बाटोमा अगाडि बढ्न सकिने बताए।
सोल्टी होटलमा नेपालखबरले आयोजना गरेको समिटमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, मन्त्रालयका अधिकारीहरु, उद्योगी व्यवसायीहरुको उपस्थिति छ।
नेपालमा केही सम्भावना छैन भन्ने भाष्य बदल्दै छौँ: अध्यक्ष ढकाल
Shares

प्रतिक्रिया