कारोबार


चीनमा अलपत्र चालकहरूलाई तातोपानी नाकाबाट ल्याउने तयारी भइरहेको छ : गृहमन्त्री

चीनमा अलपत्र चालकहरूलाई तातोपानी नाकाबाट ल्याउने तयारी भइरहेको छ : गृहमन्त्री

नेपालखबर
असार ३२, २०८२ बुधबार १२:२४, काठमाडौँ

गृहमन्त्री रमेश लेखकले रसुवा बाढीका कारण चिनियाँ भूमिमै रोकिन पुगेका चालकहरुलाई तातोपानी नाका हुँदै नेपाल ल्याउने तयारी भइरहेको बताएका छन्। 

धादिङ चालक संघले बुधबार दिएको ज्ञापनपत्र बुझ्दै उक्त आश्वासन दिएका हुन्। 

संघका अध्यक्ष नारायण पन्तले गृहमन्त्री लेखकलाई रसुवा बाढीका कारण चिनियाँ भूमिमा केही दिनदेखि चालकहरु अड्किएको र घर फर्किन नसकेको बताएका थिए। यसले उनीहरुको परिवार चिन्तित रहेकोले तत्काल उद्धार पहल गर्न आग्रह गरेका थिए।

गृहमन्त्री लेखकका अनुसार परराष्ट्र मन्त्रालयसँगको समन्वयमा नेपाल ल्याउने तयारी भइरहेको छ।

उक्त भेटघाटमा बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मधुकुमार श्रेष्ठ पनि सहभागी थिए। 

अध्यक्ष पन्तका अनुसार गृहमन्त्री लेखकलाई चिनियाँ भूमिमा अलपत्र १३५ जनाको नामसूची दिइएको छ। 

यही असार २४ गते आएको बाढीले रसुवामा व्यापक धनजनको क्षति पुगेको थियो भने चीनतर्फ गएका कन्टेनर चिनियाँ भूमिमै डुबानमा परेका थिए। बाढीले रसुवागढीमा रहेको नेपाल चीन मितेरी पुल, विद्युत् आयोजनाहरु, रसुवा भन्सार कार्यालय, यार्डमा क्षति पुर्‍याउनुका साथै दर्जनौँ कन्टेनर र ईभी बगाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad