विज्ञापन बोर्डले विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारण आचारसंहिता २०७९ को पूर्ण पालना गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ।
अपारदर्शी रुपमा विज्ञापन व्यवसाय गरेको गुनासो आएको भन्दै त्यसो गरेको खण्डमा आचारसंहिताअनुसार कारबाही गरिने चेतावनी दिएको हो।
‘विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारण आचारसंहिता २०७९ को दफा २० को उपदफा ङ (३)मा ‘विज्ञापन छापेको पृष्ठ वा अंक बजारमा नपठाउने वा गायब गर्ने वा निश्चित स्थानमा मात्र पठाई अन्यत्र जानबाट रोक लगाउने, मिति परिवतृन गरी विज्ञापन वा सूचना प्रकाशन गर्ने काम गर्नु वा गराउनुहुँदैन’ भन्ने व्यवस्था भएकोले कानुनविपरीतका त्यस्ता क्रियाकलाप भएको पाइएमा विज्ञापन (नियमन गर्ने) ऐन २०७६ को दफा २५ तथा विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता २०७९ को दफा ३० बमोजिम कारबाही गरिने व्यहोरा जानकारी गराइन्छ’, बोर्डले विज्ञप्तिमा भनेको छ।
बोर्डका अनुसार विभिन्न पत्रपत्रिकामा सूचना नै प्रकाशित नगरी मिलेमतोमा भुक्तानी लिनेदिने, विज्ञापन छापेको पत्रिका वा पेज विज्ञापनदातालाई मात्र पठाई बजारमा विज्ञापन नछापेको पत्रिका वा पेज पठाउने तथा विज्ञापनदाताबाट अधिक रकम लिई सञ्चारमाध्यमलाई कम भुक्तानी गरी गैरकानुनी फाइदा लिनेदिनेजस्ता कार्य भइरहेको र त्यस्ता कार्यमा केही सञ्चारमाध्यम तथा विज्ञापन एजेन्सीको संलग्नता रहेको बारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरी अदालतमा मुद्दा दर्ता गरेको तथा यसबारे बोर्डमा समेत गुनासो प्राप्त भएको छ।

Shares

प्रतिक्रिया