नेपाल धितोपत्र बोर्डले हिमायलन बैंकलाई अतिरिक्त सार्वजनिक निष्काशन (एफपीओ)को लागि अनुमति दिएको छ।
बोर्डले आइतबार बैंकलाई प्रतिकित्ता १ सय ५७ रुपैयाँका दरले ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्काशन गर्न स्वीकृति दिएको हो।
हिमालयन बैंकलाई रेटिङ संस्था केयर रेटिङ्स नेपाल लिमिटेडले ट्रिपल बी स्कोर दिएको छ।
कम्पनीको धितोपत्र बिक्री प्रबन्धकको रुपमा भने सिटिजन्स क्यापिटल लिमिटेड नियुक्त गरेको छ। बैंकले धितोपत्र बोर्डबाट निष्काशन अनुमति पाएपछि केही दिनमै एफपीओ निष्काशन गर्नेछ।
138
Shares

प्रतिक्रिया