कारोबार


हिजो तोलामा २४ सय बढेको सुनको मूल्य आज पनि बढ्यो

कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार?
हिजो तोलामा २४ सय बढेको सुनको मूल्य आज पनि बढ्यो

नेपालखबर
असार १८, २०८२ बुधबार १३:३४, काठमाडौँ

हिजो बढेको सुनको मूल्य आज पनि बढेको छ। चाँदीको मूल्य भने आज घटेको छ। 

सुनको मूल्य आज प्रतितोला एक हजार दुईसय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको मूल्य तोलाको दुई हजार चारसय रुपैयाँ बढेको  थियो।

मूल्य बढेर आज सुन तोलाको एक लाख ९१ हजार सातसय रुपैयाँमा किनबेच भइरहेको छ। हिजो सुनको मूल्य तोलाको एक लाख ९० हजार पाँचसय रुपैयाँ थियो। 

सुनको मूल्य गएको शुक्रबारदेखि सोमबारसम्म लगातार घटेको थियो। शुक्रबार तोलामा दुई हजार नौसय, आइतबार एक हजार र सोमबार तीनसय रुपैयाँ घटेको सुनको मूल्य हिजो र आज लगातार बढेको हो। 

गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। 

आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ घटेको छ। आज चाँदीको मूल्य तोलाको दुई हजार एकसय ४५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad