सुनको मूल्यमा आज गिरावट आएको छ। मंगलबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला एक हजार सातसय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मूल्य घटेर आज सुन तोलाको एक लाख ९३ हजार पाँचसय रुपैयाँमा झरेको छ। गएको बिहीबार र शुक्रबार घटेको सुनको मूल्य आइतबार बृद्धि भएको थियो।
आइतबार तोलामा पाँचसय रुपैयाँ बढेर सुन प्रतितोला एक लाख ९५ हजार दुईसय रुपैयाँ पुगेको थियो।
गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। त्यसयता सुनको मूल्य चार हजार चारसय रुपैयाँ घटेको छ।
आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ घटेको छ। आज चाँदीको मूल्य तोलाको दुई हजार १६० रुपैयाँ निर्धारण भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
3.2k
Shares

प्रतिक्रिया