राजनीति


भिजिट भिसा प्रकरण: रास्वपा संसदीय दलको बैठक जारी

भिजिट भिसा प्रकरण: रास्वपा संसदीय दलको बैठक जारी

फाइल तस्बिर


नेपालखबर
असार १०, २०८२ मंगलबार ११:५, काठमाडौँ

सरकारले भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्च स्तरीय समिति बनाउने निर्णय गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ। 

यो प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै आएको रास्वपाले अब संसद्‍मा कसरी प्रस्तुत हुने भन्ने विषयमा निर्णय गर्नको लागि दलको बैठक बोलाएको हाे।

रास्वपाका एक सांसदले नेपालखबरलाई दिएको जानकारी अनुसार केहीबेर अघिदेखि नयाँ बानेश्वरस्थित संसद् भवनमै रास्वपाको बैठक बसिरहेको छ। 

भिजिट भिसा प्रकरणको छानबिन गर्न समिति गठन र गृहमन्त्री रमेश लेखकको राजिनामा मागगर्दै रास्वपाले जेठ १३ गतेदेखि संसद्‍मा विरोध गरिरहेको छ।

सोमबार बेलुका बेसेको मन्त्रिपरिषद् बैठकले भिजिट भिसा प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ।

पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा गठन भएको समितिमा सम्बन्धित मन्त्रालयका सहसचविहरू सदस्य रहने बैठकमा सहभागी एक मन्त्रीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad