ad ad

कारोबार


डब्लूटीओको अनुमानः यो वर्ष अन्तर्राष्ट्रिय व्यापार ३२ प्रतिशतसम्म घट्न सक्छ

डब्लूटीओको अनुमानः यो वर्ष अन्तर्राष्ट्रिय व्यापार ३२ प्रतिशतसम्म घट्न सक्छ

नेपालखबर
चैत २६, २०७६ बुधबार १४:१९,

विश्व व्यापार संगठन (डब्लूटीओ)ले यो वर्ष कोरोना भाइरस महामारीका कारण अन्तर्राष्ट्रिय व्यापारमा ठूलो गिरावट आउने अनुमान गरेको छ।

नयाँ रिपोर्ट सार्वजनिक गर्दै डब्लुटीओले अन्तर्राष्ट्रिय व्यापार १३ देखि ३२ प्रतिशतसम्म खुम्चिन सक्ने बताएको छ।

एक दशकअघिको वित्तीय संकटलाई उछिन्ने गरी व्यापारमा प्रभाव पर्ने सो संस्थाको भनाइ छ।

डब्लूटीओले आगामी वर्ष व्यापारका लागि दुई खाले परिदृश्यको अनुमान गरेको छ। आशावादी परिदृश्यअनुसार १३ प्रतिशत गिरावट आउने छ र सन् २०२१ मा २१ प्रतिशतले वृद्धि हुनेछ।

तर, निराशावादी परिदृश्यअनुसार व्यापार यो वर्ष ३२ प्रतिशतले घट्नेछ र अर्को वर्ष २४ प्रतिशतले मात्रै वृद्धि हुने छ।

यदि पछिल्लो अवस्था निम्तिएमा सन् २०२० मा विश्वको जीडीपी ८.८ प्रतिशतले घट्नेछ भने २०२१ मा ५.९ प्रतिशतले वृद्धि हुनेछ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .