नेपाल धितोपत्र बोर्डले माबिलुङ इनर्जी लिमिटेडलाई प्रारम्भिक चरणको प्राथमिक सेयर निष्काशन (आईपीओ)का लागि स्वीकृति दिएको छ।
यसअघि नेटवर्थ नपुगेको भन्दै आईपीओ निष्काशन स्वीकृति नपाएको कम्पनीले नेटवर्थ पूरा गरेपछि अनुमति पाएको हो।
योसँगै कम्पनीले पुँजीको ४८.९९९८ प्रतिशत अर्थात् १८ लाख ९० हजार ५ सय ३० कित्ता निष्काशनमा ल्याउनेछ।
अंकित मूल्य १ सयमा रुपैयाँ आईपीओ जारी गर्न कम्पनीले आइतबार बोर्डबाट स्वीकृति पाएको हो। कम्पनीलाई रेटिङ कम्पनी इक्रा नेपालले बि प्लस रेटिङ प्रदान गरेको छ।
42
Shares

प्रतिक्रिया