गण्डकी


गण्डकीको बजेटमा स्वास्थ्यलाई प्राथमिकता, ३ अर्ब ७० करोड विनियोजन

गण्डकीको बजेटमा स्वास्थ्यलाई प्राथमिकता, ३ अर्ब ७० करोड विनियोजन

नेपालखबर
असार १, २०८२ आइतबार १७:३९, पाेखरा

स्वास्थ्य र शिक्षामा विशेष जोड दिइएको गण्डकीले स्वास्थ्य मन्त्रालयको लागि आर्थिक वर्ष २०८२/०८३ को बजेटमा ३ अर्ब ७० करोड ३२ लाख रुपैयाँ विनियोजन गरिएको छ।
 
अर्थमन्त्री डा.टकराज गुरुङले आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै सो जानकारी गराएका हुन्। उनले क्यान्सर रोगमा आर्थिक सहायता, सुत्केरी महिलाको हवाइ उद्धार कार्यक्रमलाई निरन्तरता दिएको बताए। 

यस्तै, सामाजिक विकास मन्त्रालयको लागि २ अर्ब ३९ करोड विनियोजन गरिएको छ। अर्थमन्त्री डा.टकराज गुरुङले आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै सो जानकारी गराएका हुन्। 

वन मन्त्रालयलाई १ अर्ब ६ करोड ५० लाख ४० हजार र कृषि मन्त्रालयलाई २ अर्ब ८ करोड रकम विनियोजन गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad