कारोबार


पहिलो कारोबार दिन ओरालो लाग्यो सेयरबजार

पहिलो कारोबार दिन ओरालो लाग्यो सेयरबजार

नेपालखबर
जेठ २५, २०८२ आइतबार १६:१७, काठमाडौँ

यो साताको पहिलो कारोबार दिन आइतबार सेयरबजार ११.०६ अंकले घटेको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २६२९.८९ विन्दुमा झरेको हो। 

यस दिन १ करोड ९९ लाख कित्ता सेयर बिक्री हुँदा ९ अर्ब १३ करोडको कारोबार भएको छ। 

यस दिन ८६ वटा सेयरको मूल्य बढ्दा १६२ वटाको घटेको छ। 

बढ्नेमा रिभर फल्स पावर र प्योर इनर्जी अगाडि छन्। दुवै सेयरहरु ९.९९ प्रतिशतले बढेका छन्। यसबाहेक चिलिमे हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर र हिमालयन पावर पार्टनर्सको सेयर पनि क्रमशः ८.०१, ८.०१ र ७.९५ प्रतिशतले बढेका छन्। 

घट्नेमा ओम मेगाश्री फर्म्यास्युटिकल्स अगाडि छ। कम्पनीको १० प्रतिशतले सेयर मूल्य घट्दा लगानीकर्ताले प्रतिकित्ता १८०.८४ रुपैयाँ गुमाएका छन्। 

यसबाहेक नेपाल माइक्रो इन्स्योरेन्सको सेयर पनि ९.८३ प्रतिशतले घटेको छ। त्यस्तै समाज लघुवित्तको ८.३५ प्रतिशत, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको ६.८० प्रतिशत र उपकार लघुवित्तको सेयर ६.६२ प्रतिशतले घटेको छ। 

कारोबारमा राधी विद्युत अगाडि छ। कम्पनीको ७२ करोडको सेयर किनबेच भएको छ। यसबाहेक युनिभर्सल पावर कम्पनीको ६२ करोड, ङादी ग्रुप पावरको ६१ करोड, बुटवल पावर कम्पनीको ४४ करोड र सानिमा माई हाइड्रोपावरको ४४  करोडको सेयर किनबेच भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad