एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएयता नागरिकले देशमा फेरि लोडसेडिङ सुरु भएको महसुस गरिरहेका छन्।
देशभर विभिन्न स्थानमा घरीघरी बिजुली झ्याप्प-झ्याप्प गइरहेको छ। यस क्रममा बिहीबार त एकपट देशैभर विद्युत् आपूर्ति बन्द भएको थियो। त्यतिबेला विद्युत् प्राधिकरणले ढल्केबर सबस्टेसनमा समस्या हुँदा विद्युत् बन्द भएको बताएको थियो।
त्यसरी मुलुकभर एकसाथ बिजुली जाँदा सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार स्पष्टीकरण दिँदै बिहीबार साँझ ढल्केबर-वसन्तपुरको लाइनमा रुखको हाँगा भाँचिएर त्यस्तो समस्या आएको र अब चिन्ता लिनु नपर्ने दाबी गरेका थिए।
तर त्यसपछि पनि बिजुली जान छाडेको छैन। जसले गर्दा सामाजिक सञ्जालमा कुलमानलाई सम्झने र ओली सरकारको आलोचना गर्ने क्रम जारी छ।
यसैबीच हास्य कलाकार केदार घिमिरे अर्थात् माग्ने बुढाले पनि व्यंग्यात्मक रूपमा आकोेश पोखेका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सालो त सालो कसको सालो सालो, त्यो सालो आएसि अन्धकार र कालो!’
हितेन्द्रदेव शाक्यलाई कतिपयले प्रधानमन्त्री ओलीको सालो नाता पर्ने दाबी गर्ने गरेका छन्।
Shares

प्रतिक्रिया