कारोबार


भाटभटेनीको स्पष्टीकरणः ओम्नी ग्रुपसँग सरोकार छैन

भाटभटेनीको स्पष्टीकरणः ओम्नी ग्रुपसँग सरोकार छैन

नेपालखबर
चैत २१, २०७६ शुक्रबार १५:३९,

भाटभटेनी सुपर स्टोर्स ग्रुपले ओम्नी ग्रुपसँग आफ्नो नाम जोडेर समाचार प्रकासित भएकोमा आपत्ति जनाएको छ।

ओम्नी ग्रुपले ल्याएका स्वास्थ्य उपकरण र सामग्री गुणस्तरहीन रहेको भन्ने विषयमा प्रकाशित भएको समाचारहरुमा भाटभटेनी समूहको नाम पनि अनर्गल तवरले जोडिएको भन्दै त्यसप्रति ध्यान आकृष्ट भएको भाटभटेनीले जनाएको छ।

शुक्रबार एक स्पष्टिकरण प्रस्तुत गर्दै भाटभटेनीले भनेको छ, ‘अहिले विवादमा रहेको कम्पनी ओम्नी समूहको कार्यालय पुल्चोक स्थित भाट भटेनीको माथिल्लो तल्लामा रहेको छ। उक्त संस्थाले सो स्थान प्रयोग गरेबापत भाटभटेनीलाई भाडा बुझाउँछ। भाडामा बसेको उक्त संस्थामा भाटभटेनी सुपर मार्केट्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिन बहादुर गुरुङको नाम समेत अनुचित र गलत तरिकाले जोडेर हाम्रो मान मर्दन गर्न केही सञ्चार संस्था लागेकोमा हामी खेद प्रकट गर्दछौं।’

भाटभटेनीले आफ्नो परिसरमा भाडामा बसेको संस्थाले गरेको कुनैपनि प्रकारको कामको भागिदार आफूहरु नहुने पनि स्पष्ट पारेको छ।

भाटभटेनी ग्रुपले कोरोनाको संक्रमणसँग लड्नका लागि प्रधानमन्त्री कोरोना संक्रमण रोकथाम तथा उपचार कोषमा रु एक करोडको आर्थिक सहयोग प्रदान गरिसकेको छ भने सातवटै प्रदेशमा रहेको कोरोना रोकथाम कोषमा प्रति प्रदेश रु. २५ लाख सहयोग गर्ने घोषणा पनि गरिसकेको छ। प्रदेशको कोषमा जम्मा गर्ने रकम चाँडैनै मुख्यमन्त्रीहरूलाई हस्तान्तरण गर्ने जनाएको छ।

त्यस्तै अहिलेको अवस्थामा सर्वसाधारणलाई अत्यन्त आवश्यक पर्ने खाद्यान्न र सागसब्जी हामीले घर–घरमै पु-याउने व्यवस्था गरिरहेको पनि भाटभटेनीले जनाएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad