चर्चित म्यागजिन फोर्ब्सको ‘३०–अन्डर–३० एसिया : सोसल आन्ट्रप्रेनर्स २०२०’ सूचीमा नेपालका पाँच युवा पनि सूचीकृत भएका छन्।
म्यागजिनले भर्खरै सार्वजनिक गरेको ३० वर्षमुनिको ३० एसियाली युवा उद्यमीको लागि ३ हजार ५ सय जना छानिएका थिए। त्यसमध्ये नेपालबाट पाँच जना सूचीमा अटाउन सफल भएका हुन्।।
यसमध्ये एक जना गल्फ खेलाडी, प्याड टु गोका संस्थापकद्वय र अर्बान गर्लका संस्थापकद्वय गरी पाँच जना छनोट भएको फोर्ब्सले जनाएको छ।
प्याड–टु–गो
शुभांगी राणा एक इन्जिनियर हुन् भने जेसेलिना राणा मानवअधिकार कानुन अधिकारकर्मी हुन्। उनीहरुले सन् २०१८ मा प्याडटुगो सुरु गरेका थिए। उनीहरुले नाफा कमाउने हिसाबले सामाजिक उद्यम सुरु गरेका थिए।

उनीहरुको व्यवसाय समाजमा रजस्वलासम्बन्धी रुढीवाद हटाउने र यसको स्वास्थ्यसँग सम्बन्धित छ। प्याडटुगोले नेपालका सातमध्ये चार प्रदेशमा ८० वटा भेन्डिङ मेसिन स्थापना गरेको छ। यो सेनिटरी न्यापकिनका लागि स्थापित यी मेसिनहरु विद्यालय, अस्पताल, फिल्म हल, बैंक र कार्यालयहरुमा राखिएका छन्।
हरेक मेसिनबाट २ सय महिलालाई सेनिटरी न्यापकिन उपलब्ध गराउन सकिन्छ। उक्त न्यापकिन सस्तो पनि छ। यसका लागि प्याडटुगोले स्विट्जरल्यान्डमा आगुआसान वर्कशपमा पहिलो पुरस्कार जितेको थियो भने सिंगापुरमा फेसबुक र इन्सिडले आयोजना गरेको एसियाली महिलाले नेतृत्व गरेको व्यवसायअन्तर्गत दोस्रो पुरस्कार पाएको थियो।
प्रतिमा शेर्पा, गल्फ खेलाडी
प्रतिमा नेपाली गल्फ खेलाडी हुन्। ११ वर्षको उमेरदेखि गल्फ खेल्नथालेकी उनी हाल सान्टा बार्बारा सिटी कलेजमा अध्ययनरत छिन्। उनी नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रियस्तरमा गल्फ खेल्न चाहन्छिन्।

अर्बान गर्ल
निकिता आचार्य र किरण तिम्सिना अर्बान गर्लका सहसंस्थापकहरु हुन्। सन् २०१२ मा मात्र २ सय अमेरिकी डलर लगानीमा उनीहरुले अर्बान गर्ल स्थापना गरेका थिए। जुन नेपालकै लागि पनि सुरुवाती चरणको इकमर्स स्टार्टअप थियो।
उनीहरुले अनलाइनबाट फेसन ज्वेलरी, टिशर्ट, पानीको व्यापार सुरु गरेका थिए। पछि व्यापारिक दायरा फराकिलो पार्ने क्रममा मेकअपदेखि घर सज्जा सामग्री, विद्युतीय सामग्रीसम्मको कारोबार थाले। हाल अर्बान गर्लबाट ५० जनाले रोजगारी पाएका छन्।

काठमाडौं र पोखरामा अर्बानले व्यवसाय चलाउँदै आएको छ। हाल खाद्य वस्तुमा पनि यसले हात हालेको छ। बेकरी आइटमहरु यसले अनलाइनबाटै बिक्री गर्छ।

प्रतिक्रिया