समाज


कुवेतमा एक नेपालीलाई कोरोना संक्रमण

कुवेतमा एक नेपालीलाई कोरोना संक्रमण

नेपालखबर
चैत २०, २०७६ बिहिबार ७:४५,

काठमाडौं—कुवेतमा एक जना नेपालीलाई कोरोना भाइरस (कोभिड—१९) संक्रमण भएको छ। कुवेतस्थित नेपाली दूतावासका अनुसार कुवेत सरकारले बुधबार एक जना नेपालीलाई कोरोना संक्रमण भएको सूचना दिएको हो।

‘एक जना नेपालीलाई संक्रमण भएको भेटियो भनेर कुवेत सरकारले हामीलाई पत्राचार गरेको छ’, नेपाली दूतावासका एक कर्मचारीले नेपालखबरसँग भने, ‘ती व्यक्तिको उपचार यहाँको सरकारले तोकेको अस्पतालमा भइरहेको छ।’ कोरोना संक्रमित हुने व्यक्तिको नाम तथा नेपाल ठेगाना गोप्य राखेको दूतावासले ती नेपालीको स्वास्थ्य अवस्थाबारे अनविज्ञता प्रकट गर्यो।  ‘हामी यहाँ कुवेतमा रहेका नेपालीलाई स्वास्थ्य सावधानी अपनाउन गर्दछाैं’, दूतावास कर्मचारीले भने, ‘संक्रमित नेपालीको पछिल्लो स्वास्थ्य अवस्था कस्तो छ भन्ने जानकारी छैन।’

कुवेतमा पछिल्लो पटक २८ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। ती मध्ये एक नेपाली परेका हुन्। विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार हालसम्म कुवेतमा ३१७ जना कोरोना संक्रमित छन्।

नेपालीहरू कामको लागि कुवेत पुग्ने गरेका छन्। त्यहाँ गएका महिला घरेलु हिंसाबाट असुरक्षित देखिएपछि सरकारले महिलाका लागि सो मुलुक जान प्रतिबन्ध लगाएको छ। मानव तस्करहरुले विमानस्थलमा सेटिंग एवं भारतको रूट बनाएर महिलालाई  कुवेत पुर्याउन छोडेका छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad