गुर्खाज फाइनान्समा ज्ञानेन्द्र इवाहाङलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरिएको छ।
फाइनान्सको १७ गतेको सञ्चालक समिति बैठकले इवाहाङलाई ४ वर्षको लागि सीईओ नियुक्त गरेको हो।
उनको कार्यकाल यही वैशाख २१ गतेबाट लागू हुनेछ। बैठकले कम्पनी सचिवको जिम्मेवारी पनि इवाहाङलाई नै दिएको कायममुकायम प्रमुख कार्यकारी अधिकृत दिपक न्यौपानेले बताए।
यसअघि सीईओ नियुक्ति विवादमा पर्दै आएको थियो।
यो पनि-
गुर्खाज फाइनान्समा सीईओ टिकाउनै गाह्रो, कामु पनि उमेर हदका कारण बाहिरिए
गुर्खाज फाइनान्समा भाँडभैलो : राष्ट्र बैंकको निर्देशन नटेरेपछि दोस्रो सीईओ नियुक्ति पनि खारेज
गुर्खाज फाइनान्सको सीईओमा प्रकाशचन्द्र अधिकारी
54
Shares

प्रतिक्रिया