आणविक सम्झौताका विषयमा अमेरिका र इरानबीच शनिबार हुने भनिएको चौथो चरणको वार्ता स्थगन गरिएको छ।
दुई देशबीचको वार्तामा मध्यस्थता गरिरहेका ओमानी विदेशमन्त्री बद्र अल्बुसैदीले यो जानकारी दिएका हुन्।
उनले एक्समा लेखेका छन्- शनिबार, मे ३ मा हुने भनिएको अमेरिका-इरान बैठक स्थगन गरिएको छ।
उनका अनुसार अब अर्को मिति दुवै देशको सहमतिमा घोषणा गरिनेछ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका सबै देशहरूलाई इरानबाट तेल किन्न बन्द गर्न वा थप अमेरिकी प्रतिबन्धहरूको सामना गर्न तयार रहन चेतावनी दिएका छन्।
चौथो चरणको वार्ता स्थगन भएको खबर यस्तो समयमा आएको हो जतिबेला अमेरिकी रक्षा सचिव पिट हेगसेथले (बुधबार) इरानलाई 'हुथीहरूलाई समर्थन गरेकोमा मूल्य चुकाउन' चेतावनी दिएका छन्।
180
Shares

प्रतिक्रिया