कारोबार


गुणाकर भट्टको राजीनामा स्वीकृत गर्न नीलम ढुंगानालाई अर्थमन्त्रीको निर्देशन

गुणाकर भट्टको राजीनामा स्वीकृत गर्न नीलम ढुंगानालाई अर्थमन्त्रीको निर्देशन

फाइल तस्बिर: अर्थमन्त्री विष्णु पौडेल र कामु गभर्नर नीलम ढुंगाना


नेपालखबर
बैशाख १४, २०८२ आइतबार २०:१७, काठमाडौँ

अर्थमन्त्री विष्णु पौडेलले कायममुकायम (कामु) गभर्नर नीलम ढुंगानालाई आइतबार मन्त्रालयमा बोलाएर कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनामा स्वीकृत गर्न निर्देशन दिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भट्टलाई आगामी गभर्नरमा नियुक्त गर्ने सहमति भएको छ। 

सोबमोजिम भट्टले नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट राजीनामा दिइसकेका भए पनि कामु गभर्नर ढुंगानाले अझै स्वीकृत गरिसकेकी छैनन्।

शनिबार राति ‌ओली र देउवाबीच भट्टलाई यसै हप्ता गभर्नरमा नियुक्त गर्ने सहमति भएपछि अर्थमन्त्री पौडेलले उनको राजीनामा स्वीकृत गर्न ढुंगानालाई निर्देशन दिएका हुन्।

‘आज दिउँसो अर्थमन्त्रीज्यूले बोलाएपछि कामु गभर्नर मन्त्रालयमा आउनुभएको थियो’, अर्थमन्त्री पौडेलको सचिवालयले नेपालखबरसँग भन्यो, ‘मन्त्रीज्यूले स्पष्ट रूपमा भट्टको राजीनामा स्वीकृत गर्न निर्देशन दिनुभएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad