राजनीति


ओली र देउवाबीच यसै साता नयाँ गभर्नर नियुक्त गर्ने सहमति

ओली र देउवाबीच यसै साता नयाँ गभर्नर नियुक्त गर्ने सहमति

नेपालखबर
बैशाख १४, २०८२ आइतबार १०:१४, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच यसै साता नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने सहमति भएको छ।

शनिबार साँझ दुई घण्टासम्म बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भएको वार्तामा ओली र देउवाबीच यस्तो सहमति बनेको हो। 

‘उहाँहरुबीच यसैसाता गभर्नर नियुक्तिको विषय टुंग्याउने सहमति भएको छ,’ स्रोतले नेपालखबरसँग भन्यो, ‘सम्भवतः आगामी बिहीबारसम्म नयाँ गभर्नर नियुक्त भइसक्नेछन्।’

ओली र देउवा यसअघि नै डा. गुणाकर भट्टलाई नेपाल राष्ट्र बैंकको गभर्नर बनाउन सहमत भइसकेका छन्। 

गभर्नर नियुक्तिका लागि सरकारले अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा विजयनाथ भट्टराई र विश्व पौडेल सदस्य सहेको सिफारिस समिति गठन गरेको थियो। तर, सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएका छन्। 

स्रोतका अनुसार, सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिस समितिको रिक्त पदमा एक सदस्य नियुक्त गर्ने र बिहीबारसम्म गभर्नर नियुक्त गरिसक्ने समझदारी नेताहरूबीच बनेको छ।

महाप्रसाद अधिकारीले गत चैत २५ गते अवकाश पाएपछि गभर्नरको पद रिक्त छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad