सन् २०२५ को पहिलो ३ महिनामा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ७ हजार ४ सय ४३ वटा उडान र अवतरण भएका छन्।
विमानस्थलस्थित नागरिक उड्डयन कार्यालयले दिएको जानकारी अनुसार जनवरी, फेब्रुअरी र मार्चमा सो मात्रामा उडान तथा अवतरण भएको हो।
जनवरीमा कुल २ हजार ४ सय ५८, फेब्रुअरीमा कुल २ हजार २७५ र मार्चमा २ हजार ७ सय १० उडान मुभमेन्ट भएको कार्यालयले जनाएको छ।
विवरणअनुसार जनवरीमा १ हजार २२८ उडान र १ हजार २३० अवतरण भएको थियो। त्यसैगरी फेब्रुअरीमा १ हजार १३८ उडान र १ हजार १३७ अवतरण तथा मार्चमा १ हजार ३५६ उडान र १ हजार ३५४ अवतरण भएको थियो।
३ हजार ७२२ उडान र ३ हजार ७२१ अवतरणसँगै कुल ७ हजार ४४३ उडान मुभमेन्ट भएको कार्यालयले उल्लेख गरेको छ।
त्यसैगरी यो अवधिमा कुल ११ लाख ८५ हजार ९० यात्रुले विमानस्थलबाट सेवा पाएका छन्। यसअनुसार ६ लाख ३६१ यात्रु बाहिरिँदा ५ लाख ८४ हजार ७२९ यात्रु भित्रिएका छन्।
यसबाहेक कार्गोतर्फ ६२ लाख ३८ हजार ९०१ टन कुल कार्गो मुभमेन्ट भएको छ। त्यसमध्ये ३६ लाख ५१ हजार ८८५ टन बाहिरिँदा २५ लाख ८७ हजार १६ टन भित्रिएको छ।
Shares

प्रतिक्रिया