ad ad

कारोबार


एनआईसी एशियाका ग्राहकलाई ‘दराज’मार्फत सामान खरिद गर्दा छुट

एनआईसी एशियाका ग्राहकलाई ‘दराज’मार्फत सामान खरिद गर्दा छुट

नेपालखबर
चैत १८, २०७६ मंगलबार ९:१७,

एन आई सी एशिया बैंक लिमिटेडका ग्राहकलाई दराज अनलाइनमा रहेको बिग मार्टबाट उपलब्ध हुने दैनिक खाद्यान खरिद गर्दा खरिद रकमको १० प्रतिशत वा अधिकतम रू ५०० सम्म छुट हुने गरी बैंक र दराजबीच समझदारी भएको छ।

यो योजनामा सहभागी हुन चाहने एन आई सी एशिया बैंक लिमिटेडका ग्राहकहरूले यही चैत्र १८ गते देखि चैत्र २६ गतेसम्म दराजडटकमडटएनपी मा गई बिग मार्टका सामानहरू अनलाइन खरिद गर्नुपर्ने हुन्छ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले भिडभाड कम गर्न आह्वान गरिरहेको अवस्थामा विद्युतीय बैंकिङ्ग माध्यमहरू प्रयोग गरी ग्राहकहरूलाई घरबाटै खाद्यान्न लगायतका अति आवश्यक सामान खरिद गर्न प्रोत्साहन स्वरुप बैंकले यस्तो योजना ल्याएको हो।

बैंकले आफ्ना ग्राहकमा पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै सातवटै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’ हरु स्थापना गरी २४ सै घण्टा आवश्यक बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गरिरहेको छ भने ग्राहकहरुलाई विद्युतीय माध्यमबाट बैंकिङ्ग आवश्यकताहरु पूरा गर्न उत्प्रेरित गर्दछ।

जसकारण अनावश्यक भीडभाड तथा नगद कारोबारबाट ग्राहक महानुभावहरुलाई टाढै राखि कोरोना भाइरस संक्रमण रोकथाम गर्न मद्दत पुग्ने बैंकले विश्वास लिएको छ।

हालसम्म बैंकले २५ वटा भन्दा बढी शाखाहरुमार्फत दैनिक निश्चित समयको लागि सेवा सुचारु गरेको छ भने ‘कोरोनासँगको लडाई, बैंकिङ्ग गरौं घरबाट एक पाइला नबढाई’ भन्ने नाराका साथ अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू निःशुल्क रुपमा मोबाइल तथा ईन्टरनेट बैंकिङ्ग जस्ता विद्युतीय माध्यमबाट ग्राहकहरुले घरबाटै बसेर निःशुल्क रुपमा गर्न सक्ने व्यवस्था समेत बैंकले गरिसकेको छ।

उक्त सेवाहरुका साथै ग्राहक महानुभावहरूले घरमै बसी अनलाईन खाता खोल्ने सुविधा पनि बैंकले दिएको छ। ग्राहकहरूले कुनै सेवा लिए वापत तथा सामान खरिद गर्दा क्यूआर सेवाबाट पनि निःशुल्क भुक्तानी गर्न सकिनेछ।

यसका साथै, यस बैैकका ग्राहकले मोबाइल बैंकिङ्ग र डेबिट कार्ड प्रयोग गरी २,२०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर, लगायतमा अधिकतम ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

नेपालभरका कुनै बैंक तथा वित्तीय संस्थाहरूको कार्ड वाहकले एन आई सी एशिया बैंकका ४५० भन्दा धेरै एटिएम प्रयोग गर्दा शुल्क नलाग्ने र यस बैंकको कार्ड वाहकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरूको एटिएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था छ।

बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको २४ सै घण्टा सुचारु रहने ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .