ad ad

समाज


भारतमा कोरोना संक्रमितको उपचारमा खटेका डाक्टरले रेनकोट र बाइकको हेलमेट लगाए

भारतमा कोरोना संक्रमितको उपचारमा खटेका डाक्टरले रेनकोट र बाइकको हेलमेट लगाए

नेपालखबर
चैत १८, २०७६ मंगलबार ९:५,

पीपीइको अभावपछि त्यहाँका डाक्टरहरुले पानी परेको समयमा लगाउने रेनकोट र बाइकको हेलमेट लगाएका छन्।

रोयटर्सका अनुसार भारतमा डाक्टरहरुले गुणस्तरीय मास्क पनि लगाएको देखिएन। हालै कोलकत्तामा कोरोनाविरुद्धको अभियानमा खटेका डाक्टरले प्लास्टिकको रेन कोट लगाएका थिए।

ती रेनकोटहरु पनि च्यातिएको अवस्थामा देखिएको थियो। बेरेघाट सरुवा रोग अस्पतालका डाक्टरहरु पीपीइको अभावमा रेनकोट र बाइकको हेलमेट लगाएको समाचार सार्वजनिक भएपछि त्यस अस्पतालका प्रशासनले यस विषयमा केही प्रतिक्रिया नजनाएको रोयटर्सले जनाएको छ।

त्यहाँका डाक्टरहरुले ज्यानको जोखिम हुँदाहुँदै आफूहरु काम गर्न बाध्य भएको जनाएका छन्। भारतको स्वास्थ्य मन्त्रालयलेसमेत यस विषयमा कुनै प्रतिक्रिया जनाएको छैन।

भारतमा हालसम्म १२ सय ५१ कोरोनाबाट संक्रमित छन्। त्यहाँ ३२ जनाको मृत्यु भइसकेको छ। गतहप्ताको बुधबारदेखि २१ दिनसम्म भारत लकडाउन गरिएको छ।

Indian doctors fight coronavirus with raincoats, helmets amid lack ...

Indian doctors fight coronavirus with raincoats, helmets amid lack ...

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .