कारोबार


साढे ९ अंकले बढ्यो नेप्से, घट्यो कारोबार

साढे ९ अंकले बढ्यो नेप्से, घट्यो कारोबार

नेपालखबर
चैत २७, २०८१ बुधबार १५:५५, काठमाडौँ

बुधबार सेयरबजार ९.६६ अंकले बढेको छ। 

नेप्से सो दरले बढेर २६७६.२८ विन्दुमा पुगेको हो। 

योसँगै बजारमा आज ४ अर्ब ४८ करोड रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। यो कारोबार अघिल्लोभन्दा कम हो। मंगलबार ५ अर्ब ३० करोडको कारोबार भएको थियो। 

यो कारोबारमा १५४ वटा सेयरको मूल्य बढेको छ भने ९० वटाको घटेको छ। 

आज नेपाल माइक्रो इन्स्योरेन्स, विन नेपाल लघुवित्त, बोटलर्स नेपाल (बालाजु), सोल्टी होटल र ङादी ग्रुप पावरका सेयरधनीले कमाएका छन्।

यी कम्पनीहरुको सेयर क्रमशः ९.९८ प्रतिशत, ७.९९ प्रतिशत, ५.१६ प्रतिशत, ३.९२ प्रतिशत र ३.३६ प्रतिशतले बढेको नेप्सेले जनाएको छ। 

त्यसैगरी, सिन्धु विकास बैंक, गुराँस लघुवित्त, अपर सोलु हाइड्रो इलेक्ट्रिक, वाराही हाइड्रोपावरलगायतको सेयरमा गिरावट आएको छ। 

कारोबारतर्फ एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ४२ करोडको किनबेच हुँदा सीईडीबी होल्डिंग्सको ३० करोड, हिमालयन रिइन्स्योरेन्सको २७ करोडको कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad