राजनीति


म्यानमारका भूकम्पपीडितलाई २७ टन राहत सामग्री पठाइँदै

म्यानमारका भूकम्पपीडितलाई २७ टन राहत सामग्री पठाइँदै

परराष्ट्रमन्त्री आरजु राणा देउवा


नेपालखबर
चैत २७, २०८१ बुधबार १६:०, काठमाडौँ

सरकारले म्यानमारका भूकम्पपीडितलाई सरकारले २७ टन राहत सामग्री पठाउने भएको छ। आज बुधबार परराष्ट्रमन्त्री आरजु देउवा राणासहितको टोलीले म्यानमार सरकारलाई करिब २७ टन बराबरको राहत सामग्री सहयोग पठाउँदैछ।  

राहत सामग्री लिएर नेपाली प्रतिनिधिमण्डल आज राति म्यानमार प्रस्थान गर्नेछ। नेपालबाट परराष्ट्रमन्त्रालयका उच्चपदस्थ कर्मचारीहरूले सहभागिता जनाउने र म्यानमारमा राहत सामग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्री राणाले जानकारी दिइन्। 

म्यानमारमा गत शुक्रबार ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो। जसबाट ३ हजार बढीको मृत्यु भएको छ। भूकम्पबाट क्षतिग्रस्त म्यानमारलाई सरकारले आवश्यक परेका सामग्रीहरूको सूची माग गरेको थियो। म्यानमारले उपलब्ध गराएको सूचीअनुसार खाद्यान्न, औषधि, मेडिकल टिमहरू रहेको र आवश्यक राहत सामग्री उलब्ध गराउन लागिएको उनको भनाइ छ। 

यसअघि नेपाली सेनाको चिकित्सकको टोली भने म्यानमारमा गइसकेको छ। निजी क्षेत्र र सरकार मिलेर २७ टन सामग्री राहत उपलब्ध गराउन लागिएको उनको भनाइ छ।  

‘हाम्रो राजदुतावास म्यानमारमा भएको हुनाले त्यहाँको सरकारसँग सम्पर्क गरेर केके सामान तपाईंहरूलाई चाहिन्छ भनेर लिस्ट ल्याउनुभएको थियो, त्यसमा खाद्यान्न, औषधिहरू, मेडिकल टिमहरू माग्नुभएको थियो,' उनले भनिन्, 'मेडिकल टिम नेपाली सेनाले पठाएको छ। त्यो टिम अब दुई दिनपछि मात्रै फर्किन्छ। निजी क्षेत्र र सरकार मिलेर २७ टन सामग्री जम्मा भएको छ। नेपाल सरकारको तर्फबाट यो हस्तान्तरण गर्नेछौँ।’ 

हस्तान्तरण गरिने सामग्रीहरूको बारेमा जानकारी दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले म्यानमार २०७२ सालमा नेपालमा गएको महाभूकम्पमा सहयोगी राष्ट्र रहेको र सरकारले पनि म्यानमारलाई राहत सामग्री पठाउन लागेको बताए। 

खाद्यपदार्थ, पकाउन चाहिने भाँडाकुँडा, मेडिसिनहरू, ब्लड ट्रान्सफ्युजन सेट, टेन्टहरू पठाउने उनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad