कारोबार


२६ सहकारीले दिएनन् कारोबारको विवरण, १५ दिनभित्र जवाफ नदिए दर्ता खारेजी

२६ सहकारीले दिएनन् कारोबारको विवरण, १५ दिनभित्र जवाफ नदिए दर्ता खारेजी

नेपालखबर
चैत २२, २०८१ शुक्रबार ११:५७, काठमाडौँ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको सहकारी विभागले २६ वटा सहकारीको दर्ता खारेजी प्रक्रिया अघि बढाएको छ। 

विभागले एक सूचना जारी गर्दै ती सहकारीहरुले संस्थागत र व्यावसायिक कारोबारको विवरणसहितको प्रतिवेदन नियमित पेस नगरेको भन्दै दर्ता खारेजीको प्रक्रिया अगाडि बढाएको हो। 

ती सहकारीहरुले कोपोमिस प्रणालीमा समेत विवरण प्रविष्टि नगरेकोले सहकारी ऐन २०७४ को दफा ७३ र सहकारी नियमावली २०७५ को नियम २८ को उपनियम ४ बमोजिम संस्था दर्ता खारेजी किन नगर्ने भन्दै स्पष्टीकरण सोधिएको छ। 

ती सहकारीहरुले १५ दिनभित्र मनासिब कारणसहितको स्पष्टीकरण पेस गर्नुपर्ने विभागले जनाएको छ। 

स्पष्टीकरण माग गरिएकामा झापाको पुष्पलाल मेमोरियल इनर्जी कोअपरेटिभ, मोरङको पूर्वाञ्चल बहुउद्देश्यीय सहकारी संस्था, वाणी प्रकाशन सहकारी संस्था लगायत छन्। 

२६ सहकारी कुन कहाँका?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad