कारोबार


प्रधानमन्त्रीले सोधे- नीलम ढुंगानालाई गभर्नर किन नबनाउने?

प्रधानमन्त्रीले सोधे- नीलम ढुंगानालाई गभर्नर किन नबनाउने?

नेपालखबर
चैत १७, २०८१ आइतबार १४:५२, काठमाडौँ

नेपाल राष्ट्र बैंकको १८औँ गभर्नर नियुक्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष चासो देखाएका छन्। 

उनले डेपुटी गभर्नर नीलम ढुंगानालाई गभर्नर किन नबनाउने भनेर आफ्नै दल नेकपा एमालेका एक मन्त्रीलाई सोधेका हुन्। 

वर्तमान गभर्नर राष्ट्र बैंकबाट बाहिरिन ८ दिन मात्र बाँकी छ। गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २५ गते सकिँदै छ।  

उनको कार्यकाल सकिनुअघि नै नयाँ गभर्नर नियुक्त गर्ने गरी अन्तिम तयारीमा सरकार जुटिरहेको छ।  सरकारले नयाँ गभर्नरका लागि अर्थमन्त्री विष्णु प्रसाद पौडेलको नेतृत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरिसकेको छ। 

समितिले ३ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नुअघि प्रधानमन्त्री ओलीले सक्रियता देखाएको ती मन्त्री बताउँछन्।

‘स्वयं प्रधानमन्त्री (केपी शर्मा ओली)ले नै नीलम ढुंगानालाई गभर्नर किन नबनाउने भनेर सोध्नुभएको थियो,’ ती मन्त्रीले नेपालखबरसँग भने, ‘मैले यसबारे अर्थमन्त्रीज्यूसँग भनेको थिएँ, उहाँले केही भन्नुभएन।’

नेपाल राष्ट्र बैंकको गभर्नर आफूनिकट व्यक्तिलाई बनाउन सरकारमै रहेका दुई ठूला दलहरू लागिरहेका छन्।

दलहरूको आडमा अहिले गभर्नर बन्न राष्ट्र बैंककै क्याडरदेखि निजी क्षेत्रका व्यक्तिहरू पनि दौडमा होमिएका छन्। 

यसबीचमा प्रधानमन्त्रीले नीलमको नाम लिनुलाई पनि अर्थपूर्णरूपमा साथ हेरिएको छ।

गभर्नरका प्रमुख दाबेदारमा डेपुटी गभर्नरहरू नीलम ढुंगाना र बमबहादुर मिश्र छन्। यस्तै, राष्ट्र बैंकबाट कार्यकारी निर्देशकको पदबाट राजीनामा दिएरै प्रतिस्पर्धाको तयारीमा रहेका राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाश श्रेष्ठ, राष्ट्र बैंककै कार्यकारी निर्देशक डा गुणाकर भट्ट पनि लागिपरेका छन्।

यता नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएर ज्ञानेन्द्र ढुंगाना पनि गभर्नर बन्ने दौडमा लागेका छन्। 

यो पनि- 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad